Upload

Log in to follow creators, like videos, and view comments.

eh-background

Create effects

See more
© 2023 TikTok

rabindramishra.official

Rabindra Mishra

72Following
57.4KFollowers
1.5MLikes

Politician (Senior VP, RPP), exJournalist/Philanthropist/Writer/Poet.

अनुभवी पत्रकार राजाराम गौतमले आजको कान्तिपुर दैनिकमा "विचारभन्दा माथि देश"सँग भद्र विमति जनाउँदैन लेखेछन्: "विचारभन्दा माथि 'देश कि नरेश?'

उत्तर:
#विचारभन्दामाथिदेश , त्यसैले #देशकालागिनरेश।

अनि उनले थप लेखेछन्:

"जनताले विस्थापित भइसकेको... राजसंस्थालाई विकल्पका रूपमा हेरेका छैनन्।"

जनता भनेका को हुन्? यो भिडियोमा देखिएका जनता होइनन् र?

झापा, काठमाडौँ, भक्तपुर, जनकपुर, सुनसरी, सुर्खेत, बाँके, कैलाली -- अर्थात देशभरी -- स्वस्फूर्त रूपमा उर्लिएका जनता होइनन् र?

हो, विविध कारणले त्यो भावना भोटमा रूपान्तरण भएको छैन। तर #देशकालागिनरेश को भावना प्रबल छ र त्यो, खासगरी, मेरो पुस्ता होइन, तपाईँ (@Rajaramgautam) को पुस्ताका लागि यो देश बचाउने र बस्न योग्य बनाउने हो भने अत्यावश्यक छ।

म अहिले बाहिर छु। बाँकी गफ,फर्किएपछि भेटेर कफी खाँदै है?
कुन पत्रिकाले छापे/छापेनन्
र कसरी छापे विचार गर्नोस् है!

आजको राजाको भक्तपुर भ्रमणमा देखिएको विशाल उपस्थितिको ठूलो राजनीतिक अर्थ छ।

क) भक्तपुरको ठूलो नेवा: समुदाय व्यापक रूपमा उत्रिएको देखियो। (अब पाटन र काठमाडौँको ठूलो नेवा: समुदाय त्यसैगरी उत्रिएपछि के होला?)

ख) भक्तपुर नारायणमान बिजुक्छेको नेमकिपाको गढ हो। (त्यसले के संकेत गर्छ?)

ग) अनि त्यति अर्थपूर्ण विशाल उपस्थितिलाई जब आफूलाई स्वतन्त्र र वस्तुपरक दावी गर्ने कतिपय मिडियाले न्यूनिकरण गर्न खोज्छन्, बुझ्नुहोस्, देश बिगार्न राजनीतिकर्मीभन्दा बढी जिम्मेवार ती छन्।

अब यो भन्दा मुनिको अंश चाहिँ यस अघिको टिप्पणीबाट:

अब मलाई गाली गरेरै बस्नोस्!
तर वास्तविकता त देशभरी यही हो।

अब पाटन र काठमाडौं उर्लिएपछि 'प्रचण्ड पथगामी'हरूले नेपाल र यो क्षेत्रकै दिर्घकालीन शान्ति, स्थिरता, तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय स्वाभिमानका लागि राजा, राजनीतिक दल र जनताबीच
#नवीनसमझदारी लाई रोक्न सक्ने छैनन्।

प्रमूख राजनीतिक दलहरू शान्तिपूर्ण संक्रमणका लागि जति छिटो तयार भयो, त्यति राम्रो हुनेछ।
#विचारभन्दामाथिदेश , #NationAboveNotion
अब मलाई गाली गरेरै बस्नोस्!
तर वास्तविकता त देशभरी यही हो।

गणतन्त्रवादी नेमकिपाको दशकौँदेखिको बलियो पकड भएको भक्तपुर उर्लियो। त्यसैले भक्तपुरको आजको राजा ज्ञानेन्द्रको यात्रा अत्यन्तै अर्थपूर्ण छ।

अब पाटन र काठमाडौं उर्लिएपछि 'प्रचण्ड पथगामी'हरूले नेपाल र यो क्षेत्रकै दिर्घकालीन शान्ति, स्थिरता, तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय स्वाभिमानका लागि राजा, राजनीतिक दल र जनताबीच
#नवीनसमझदारी लाई रोक्न सक्ने छैनन्।

प्रमूख राजनीतिक दलहरू शान्तिपूर्ण संक्रमणका लागि जति छिटो तयार भयो, त्यति राम्रो हुनेछ। (फोटो: @deshsanchar1)
#विचारभन्दामाथिदेश , #NationAboveNotion
"नवीन समझदारी"
र परिमार्जन सहितको
२०४७ सालको संविधानका लागि
मंगलमय शुभकामना!

"अब समय आएजस्तो छ,
जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु
तर जनताको इच्छा हुनुपर्छ!"

सिला खोजे जसरी खोज्दा त "प्रचण्डपथका अनुयायी"हरूलाई केही भेट्टाउन हम्मेहम्मे परिरहेको छ।

जब कि उनीहरू राजसंस्थाभन्दा हजार गुणा बढी भ्रष्ट, पापी, अपराधी, राष्ट्र र भावी पुस्ता घातीहरूको ज्यान फालेर आलोचनात्मक बचाउ गर्छन्।

यो देशमा राजाको सकृय शासन कसैले खोजेको छैन। तर यो देश ढिलोचाँडो भूराजनीतिक भुमरी र आन्तरिक द्वन्द्वमा फस्ने संभावना प्रबल छ।

इमान र ज्ञानका लागि सम्मानित स्वर्गीय बरिष्ठ अधिवक्ता गणेशराज शर्माले भने झैँ "राजसंस्था अँध्यारोमा बाल्ने टर्चलाइट हो।" मैले मेरो पुस्तकमा "कुशन संस्था" भन्ने शब्दावली प्रयोग गरेको छु।

देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मानमा बढ्दै गएको खतरा आजको दिनमा पनि कसैले न्यूनिकरण गर्न सक्छ भने त्यो राजसंस्था नै हो।

अब राजा, राजनीतिक दल र जनताबीच
#नवीनसमझदारी मा पुग्न जति ढिलो गर्छौँ, त्यति छिटो यो देश भड्खालोमा पर्नेछ।

माओवादी पार्टी भोली रहला-नरहला तर २०४६ सालपछिको नेपालको सबैभन्दा सफल नेता प्रचण्ड हुन्।

प्रचण्डले देशभन्दा विचारलाई माथि राख्ने धनी, ज्ञानी, मानी/नागरिक समाज/समाज/मिडिया/राजनीतिक पार्टी/राजनीतिकर्मी -- सबैलाई घिसारेर आफ्नो पुच्छर बनाइसकेका छन्।

जसले जति नै अग्रगमनको फुर्ती लाएन पनि देश अहिले "प्रचण्डपथ"मा हिँडिरहेको छ, जसले कुनै हालतमा यो देश र भावी पुस्ताको हित गर्ने छैन।

त्यसैले स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै सबैले अहं र हठ त्यागौँ, आ-आफ्नो गल्ती महशुस गरौँ, शान्तिपूर्ण संक्रमणका लागि २०४७ सालको संविधानलाई आधार बनाएर, त्यसमा आवश्यक परिमार्जन गर्दै, राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुगौँ। #विचारभन्दामाथिदेश लाई राखौँ।
Get TikTok App